दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिताको उपाधि गल्कोटलाई

बागलुङ, १० कार्तिक । दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप भलिबल प्रतियोगिताको उपाधि गल्कोट नगरपालिकाले जितेको छ ।

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ क्लबको संयुक्त आयोजनामा भएको दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिताको पुरुष तर्फको फाइनलमा बुधबार आयोजक ढोरपाटनलाई ३–२ को सेटमा पराजित गर्दै गल्कोटले उपाधि जितेको हो ।

त्रिभुवन आर्मी क्लबका अधिकांश खेलाडी समावेश गल्कोटले पहिलो तेस्रो र फाइनल सेट जितेको थियोभने शसस्त्र प्रहरीको एपिएफ र आर्मीका खेलाडी समावेश ढोरपाटनले दोस्रो र चौथो सेटमा जित हात पारेको थियो ।

प्रतिस्पर्धात्मक पहिलो सेटमा गल्कोटले ढोरपाटनलाई २६–२४ ले जितेको थियो तर दोस्रो सेटमा २२–२५ ले ढोरपाटनले जित हात पारेको थियो । तेस्रो सेटमा गल्कोटले २७–२५ र चौथो सेटमा ढोरपाटनले २२–२५ ले जित हात पारेका थिए । अन्तिम फाइनल सेटमा १५–१३ ले जित हात पार्दै गल्कोटले उपाधि जित्यो ।

गल्कोट नगरपालिकामा त्रिभुवन आर्मी क्लबका धन बहादुर भट्ट, हरि अधिकारी, मान बहादुर श्रेष्ठ, दुर्गा खड्का र राजेन्द्र विष्ट सहित गण्डकी प्रदेशका सुजन चोखाल र राजन दर्लामी मगर समावेश थिए ।

यस्तै ढोरपाटन नगरपालिकाको टिममा शसस्त्र प्रहरीको एफिएफ क्लबका रुपेन्द्र गैरे, दुर्गा सुनार, विजय मगर, सुनिल मगर र नेपाल आर्मीका दिल सुनारको सहभागिता रहेको थियो ।

यस्तै बुधबार भएको महिला भलिबल प्रतियोगिताको उपाधि तमानखोला गाउँपालिका (ए)ले जितेको छ । फाइनल खेलमा तमानखोला गाउँपालिका (बि)लाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

त्रिभुवन आर्मी क्लबकी स्पाइकर एवम् राष्ट्रिय महिला भलिबल टिमकी सदस्य साफिया पुन समावेश भएकी थिइन ।

पुरुष तर्फको विजेता गल्कोट नगरपालिकाले १ लाख १ हजार १ सय ११ रुपैयाँ रुपैयाँ प्राप्त गर्योभने उपविजेता ढोरपाटन नगरपालिकाले ६१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो ।

यस्तै महिला तर्फको विजेता तमानखोला गाउँपालिकाले (ए)ले ६१ हजार १ सय ११ रुपैयाँ र उपविजेता तमानखोला गाउँपालिका (बि)ले ४१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here