
बागलुङ, ७ कार्तिक । बागलुङमा कोरोना संक्रमणका बिरामी घट्दै गएका छन् ।
निको हुने बिरामीको संख्या धेरै र नयाँ थपिने संक्रमितको संख्या कमी भए पछि दश स्थानीय तह मध्य सात स्थानीय तह संक्रमितको संख्या शुन्य भएको हो । बाँकी तीन स्थानीय तहकाका नौ वडा वडामा पनि चार भन्दा कमी संख्यामा संक्रमित छन् । कोरोनाका संक्रमित घट्दै गए पछि जिल्ला नै ग्रिन जोन उन्मुख भएको हो ।
बागलुङ नगरपालिकाको वडा–१, २, ३, ५, ६, र ९, जैमिनी नगरपालिकाको वडा नम्बर ७ र १० तथा काठेखोला गाउँपालिकाको वडा नम्बर १ मध्यम जोखिमको सुचिमा छन् ।
अन्य ७६ वटा वडामा संक्रमित शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका महामारी फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । तमानखोला, निसीखोला, ढोरपाटन, बडिगाड, बरेङ, ताराखोला, गलकोट नगरपालिकाको कुनै पनि वडामा संक्रमित छेनन ।
स्वास्थ्य कार्यालयले शुन्य संक्रमित भएको वडालाई न्युन जोखिम, एकदेखि सात जना संक्रमित भएकोलाई मध्यमजोखिम र सात जना भन्दा बढी संक्रमित भएको वडालाई उच्च जोखिमको सुचीमा राख्ने गरेको छ । गत बैशाखदेखि यता जिल्लामा छ हजार ७०३ जना संक्रमित भएका मध्ये छ हजार ६९६ जना निको भएका छन ।
बागलुङ नगरपालिकामा ११, जैमिनीमा दुई, काठेखोलामा एक र जिल्ला बाहिरका तीन गरी १७ जना संक्रमित छन । सबै बिरामी होमआइसोलेसनमा रहेको घिमिरेले बताउनुभयो । कोरोनाको कारण हालसम्म ७० जनाले ज्यान गुमाएका छन् ।










