पछिल्लो २४ घण्टामा १ हजार ३८२ जनालाई कोरोना संक्रमण, २३ जनाको मृत्यु

काठमाडौँ, २३ मंसिर । थप एक हजार ३८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ४३ हजार ३७७ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ हजार ९४७ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म १७ लाख ९९ हजार ६८६ को पिसिआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख २९ हजार ५४ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६२१ सङ्क्रमित निको भएर घर फर्किएका हुन् । हाल देशभर १२ हजार ६८६ सक्रिय सङ्क्रमित छन् ।

थप २३ को मृत्यु
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक हजार ६३७ पुगेको मन्त्रालयले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here