कोरोनाबाट मृत्यु होइन तर कोही आएनन् मलामी

काठमाडाैं, १ भदौ ।
मोरङको विराटनगर महानगरपालिका-३ मा शनिबार राति ९ बजे एक ८७ वर्षीया वृद्धाको मृत्यु भयो। उनी कोरोना भाइरस संक्रमित नभए पनि संक्रमणमा पर्ने डरका कारण कोही मलामी भएनन् । घरबाट शव उठ्ने अवस्था भएन । तब छिमेकी र प्रशासनको समन्वयमा नेपाली सेनाले संक्रमितजस्तो गरी आइतबार साँझ उनको शव व्यवस्थापन गरेको छ।

कोरोना पोजिटिभ देखिएकाको शव मात्रै सेनाले व्यवस्थापन गर्छ । नेगेटिभ देखिए शव आफन्तलाई जिम्मा लगाइन्छ। ती वृद्धाको परिवारका सदस्य भने संक्रमित छन् । उनका ५६ वर्षीय छोरा गत मंगलबारदेखि मारवाडी सेवा सदनको आइसोलेसनमा छन् । ५० वर्षीया बुहारी र २८ वर्षीय नातिको रिपोर्ट पनि पोजिटिभ आएको छ । वृद्धाको भने रिपोर्ट नेगेटिभ देखिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here