चर्चित लोकदोहोरी गायक बाबुकृष्ण परियारको ‘बैनी बरीलै’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ, ६ साउन ।
चर्चित लोकदोहोरी गायक बाबु कृष्ण परियार र गायिका शान्ति श्री परियारको यस बर्षको तीजलाई लक्षित गरी ‘बैनी बरीलै’ तिज गीत सार्वजनिक भएको छ ।

बाबु कृष्ण परियारको लय तथा सरोज आर्चाय क्षत्रीको शब्दरहेको यो गीत बाबु कृष्णको युट्युब च्यानलबाट मंगलबार सार्वजनिक भएको हो ।

उक्त गीत चार्डवाडमा माईत आउन नपाएका चेलिहरूलाई पर्खिएका माईतीहरूका लागि समर्पित गरिएको छ ।

तीज नजिकिदै गर्दा दाईले फोन मार्फत आफ्नी बैनीलाई माइतीमा आउन आग्रह गरेको र बैनीले पनि मलाई लीन आउनु दाजै भन्ने भावलाई गीतमा समेटिएको छ ।

देबेन्द्र बब्लुको निर्देशन रहेको भिडियोमा देबेन्द्र बब्ल,रोशनी कार्की,विशाल घिमिरे,श्याम मल्ल खेम बालेअभिनय गरेका छन् । भिडियोको छायांकन करन चैसिरले गरेका छन् भने प्रबिन भट्टको सम्पादन रहेको छ ।

बागलुङ्मा जन्मिएका बाबु कृष्ण परियार हाल काठमाडौंमा सांगीतिक क्षेत्रमा संघर्षरत छन् । उनले थुप्रै एल्बममा आवाज दिइसकेका छन् ।
भिडियो

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here