धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रथम बार्षिक साधारणसभा सकियो

बागलुङ, २९ पुस ।
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड बागलुङको प्रथम वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
साधारणसभाले संञ्चालक समितिमा चार जनालाई निर्विरोध चयन गरेको छ । सञ्चालकहरुमा इश्वरलाल राजभण्डारी, सिर्जना थापा, हरिप्रसाद शर्मा र उत्तम कुमार राजभण्डारी सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत राम शर्माले जानकारी दिनुभयो ।
साधारणसभामा संचालक हरि प्रसाद शर्मा र कृष्ण राज शर्माले मन्तव्य राख्नुभएको थियो । सभामा अध्यक्ष इश्वरलाल राजभण्डारीले आर्थिक वर्ष २०७५/०७६ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभाको अवसरमा संस्थाको आ.ब २०७६।०७७ को नीति कार्यक्रम तथा लक्ष्य बजेटको आधारमा प्रथम त्रैमासिक समिक्षामा लक्ष्य अनुसारको प्रगतीको सुचाकाङ्कक आधारमा प्रथम हुन सफल शाखा ठाडा, दोश्रो हुन सफल शाखा बुर्तिबाङ .र तेश्रो हुन सफल शाखा कार्यालय नौडाँडालाई सम्मान गरिएको थियो ।


संस्थाका निर्वतमान अध्यक्ष ईश्रलाल राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत सिर्जना थापा र संचालन संस्थाका का.मु प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले गर्नुभएको थियो ।
साधारणसभाको अवसरमा गण्डकी प्रदेश, प्रदेश नं. २,र प्रदेश नं. ५ का विभिन्न जिल्लाहरुमा गरी ३६ वटा शाखा कार्यालय सञ्चालन गरी रहेको र २८ हजार ४ सय ५६ जना सदस्यहरुलाई लघुवित्त समूहमा आवद्ध गराउँदै ७६ करोड ऋण लगानी, ४८ करोड, ९१ लाख बचत संकलन गरेको र चुक्ता पुँजी ७ करोड रहेको संस्थाका का.मु प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले जानकारी दिनुभयो । उहाँले पौष २ गते धौलागिरी लघुवित्त बित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तिय संस्था विच मर्जर सम्बन्धि सम्झौतामा हस्ताक्षर भएर काम अगाडी बढिरहेको जानकारी गराउनुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here