देवी बोहरा
कुनै शिक्षण संस्था, विद्यालय वा विश्वविद्यालयमा ज्ञान आर्जन गर्ने व्यक्तिलाई विद्यार्थी भनिन्छ । आजको आधुनिक युगमा प्रत्येक व्यक्ति विद्यार्थी जीवन पार गदेै अघि बढेको हुन्छ ।
मानिसले जीवनमा विभिन्न घुम्ति र मोडहरु पार गर्ने क्रममा भिन्न प्रकारको जीवन व्यतित गर्छ । यसै क्रममा विद्यार्थी जीवन पनि प्रत्येक मानिसको जीवनमा एक पटक आएको हुन्छ । विद्यार्थी जीवन ज्ञान आर्जनको स्वर्णिम समय हो । विद्यार्थी राष्ट्र निमार्णको बलियो आधार स्तम्भ हुन् । राजनीति भनेको चाँही राज्य संचालनसंग सम्बन्धित नीति नियम हुन् । कुनै पनि राज्य संचालन गर्न आवश्यक पर्ने नियम, कानुन, नीति, सिद्धान्त, संविधान आदि राजनीतिसँग सम्बन्धित विषय क्षेत्र हुन् । झट्ट हेर्दा वा सुन्दा विद्यार्थी र राजनीति एउटै नदीका दुई किनारा जस्ता छन् । यि दुबैको कार्यक्षत्र, संलग्नता फरक दिशातर्फ मोडिए झै लाग्छ । तर हालको दिनहरुमा यी दुबै बिचको निकै नजिकको साईनो जोडिएजस्तै देखिन थालेको छ । आजका दिनमा राजनीतिले विद्यार्थी खोजिरहेको छ भने विद्यार्थीले राजनीतिलाई पछ्याईरहेको छ । विद्यार्थी र राजनीतिबिच यसरी सम्बन्ध स्थापित भएको कारण यी दुबै पुर्ण रुपमा सबल र सक्षम बन्न सकेका छैनन् ।
विद्यार्थी जीवन ज्ञान आर्जनको स्वर्णिम समय भएकाले विद्यार्थी आफ्नोे कर्म प्रति दत्तचित्त भएर लाग्नुपर्छ । आजका सबल, सक्षम, जिज्ञासु विद्यार्थीनै राष्ट्रका अमुल्य सम्पत्ति हुन् । मलाई लाग्छ विद्यार्थीले आफ्नो विद्यार्थी जीवनमा राजनीतितर्फ लागेर जीवनको स्वर्णिम कालखण्ड व्यर्थमा खेर फाल्नु कदापी राम्रो हुँदैन । विद्यार्थीको प्रमुख क्षेत्र त ज्ञानका पुञ्जहरु संकलगन गर्नु, नयाँ खोज र अनुसन्धानमा तल्लिन हुनु अनि आफ्ना ज्ञान राशीले विश्वलाई अलोकित पार्नु हो । यस्तो मुल्यवान कर्म गर्नुपर्ने विद्यार्थीले आफ्नो समयको मर्म नबुझि राजनीतिमा लागेर समय व्यतित गर्नु हुँदैन । विद्यार्थीले राष्ट्रमा व्याप्त राजनीतिको फोहोरी खेलको आवश्यक विरोध गनुपर्छ । राज्यलाई हानी पुग्ने नियम, कानुन, भ्रष्टचार व्यभिचार प्रति सचेत हुनु आवश्यक पर्छ, खबरदारी आवश्य गर्नुपर्छ । तर त्यस्तै राजनीतिमा होमिनु हुँदैन ।
विद्याय तहमा अध्ययन गर्ने मात्र विद्यार्थी होइनन् । महाविद्यालय तथा विश्वविद्यालयका प्रखर मस्तिष्क बोकेका अगुवा अनुसन्धानकर्ता पनि हुन् । यस्तो उपल्लो तहमा अध्ययन गर्ने सबै विद्यार्थी राजनीतिमा संलग्न भए भने राष्ट्रले भविष्यमा असल वैज्ञानिक, आविष्कारक, चिकित्सक र असल शिक्षक, असल राजनेता नै प्राप्त गर्न सक्दैन । त्यसैले हरेक तहमा विद्यार्थीले आफ्नो लक्ष्यलाई स्मरण गरेर कर्मलाई मनन गरेर अध्ययनको बाटो अपनाउनुपर्छ । आजकल हाम्रो देशमा क्याम्पस तहमा अध्ययन गर्ने विद्यार्थीहरु राजनीतिमा निकै सक्रिय भएको पाईन्छ । त्यस्ता विद्यार्थीले आफ्नो मुल लक्ष्य अध्ययनलाई सफल रुपमा अगाडि बढाउन सक्दैनन् ।
विश्वविद्यालय वा क्याम्पसहरुमा अध्यापनरत विद्यार्थीहरुनै राजनीतिक दलका स्वार्थ पुरा गर्ने समुहमा आबद्ध भएका कारण हाम्रो देशको शैक्षिक अबस्था खस्किएको छ । विश्वविद्यालय तथा क्याम्पसलाई राजनीतिको अखडा बनाएका कारण तिनको अध्ययन अध्यापननै नियमित सुचारु हुन नसकेका कयौँ दृष्टान्तहरु छन् । हाम्रो देशमा पनि विद्यार्थी कालदेखि नै राजनतिमा लागेर आज नेतृत्व तहमा पुगेका धेरै व्यक्तिहरु हेलान् तर के बुझ्न जरुरी छ भने तिनले हाम्रो देशको समस्यालाई सहि निकास दिन सकेका छैनन् । तिनले आफ्नो विद्यार्थीकालमा राजनीतिमा लागेका कारण यस्तो परिणाम आएको हो ।
हो, शिक्षित विद्धवान् व्यक्ति नै राजनीतिको केन्द्रमा रहन आवश्यक छ अन्यथा मुलुकले सहि दिशा प्राप्त गर्न सक्दैन । यसको मर्म यो होईन कि विद्यार्थी नै राजनीतिमा सक्रिय हुनुपर्छ तर के चाहि हो भने आजको एउटा असल, अध्ययनशिल विद्यार्थी नै आफ्नो अध्ययन पश्चात राजनीतिमा लागेर मुलुकको भविष्य उज्जवल पार्न तर्फ लाग्नु पर्दछ । आजको एउटा असल विद्यार्थीलेनै भोलिका राजनीतिमा लागेर देशमा चाहिने आवश्यक नियम, कानुन बनाएर विकास निर्माणका योजनाको कार्यान्वयन गरेर राष्ट्रलाई विकासको चुचुरोमा पु¥याउन सक्षम हुन्छ ।
आजका विद्यार्थीले कुनै राजनीतिक दल वा संगठनको स्वार्थ सिद्धिको भ¥याङ नवनी निरन्तर अध्ययनमा लाग्नुपर्दछ ।आफ्नो अध्ययन पछि राजनीतिमा सक्रिय भएर देशमा दसकौँदेखि जरा गाडेर बसेका अनेक समस्याको निदानमा तल्लिन हुन आवश्यक छ । त्यसैले जनता, युग र देशको माग नै गहन अध्ययन पछि राजनीतिक आवाज हुनुपर्छ । भन्ने रहेको छ ।