नेकपा विवाद मिलाउन महासचिवको धौडधुप

काठमाडौं, ३१ असार
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूबीच आन्तरिक विवाद बढ्दै गएपछि मथ्थर बनाउन पार्टी महासचिव विष्णु पौडेलले सबै नेतासँग एक्लाएक्लै भेटघाट गरिरहेका छन् ।

पार्टी एकता जोगाउनुर्छ भन्दै उनले एक साताबीच सचिवालयका शीर्ष नेताहरूसँग भेटघाट गरेर विवाद मथ्थर पार्ने कोसिस गरिरहेका छन् ।

‘महासचिव पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसम्मलाई एक्लाएक्लै भेटघाट गर्नु भएको छ । यो एक साता उहाँले सबै नेतालाई भेट्नु भएको छ’, महासचिव निकट स्रोतले भन्यो ।

महासचिव पौडेलले पार्टीमा कुनै पनि प्रकारको दुर्घटना निम्त्याउनु हुँदैन, दुर्घटना भए अब कुनै पनि नाममा कम्युनिस्ट पार्टीले जनमत जोगाउन सक्दैन भन्ने उनको भनाई छ ।
आजको नागरिक दैनिकबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here