
पोखरा, २७ असार ।
पोखरा महानगरपालिका–१८ सराङ्कोटस्थित गोठादीमा गएराति पहिरोमा पुरिएर ५० वर्षीय टंकबहादुर थापा मगरको घर पुरिदा ५ जनामो मृत्यु भएको छ । पहिरोले पुरिएर घरमा पालेका ३-४ वटा बाख्रा पनि मरेका छन् ।
पहिरोले पुरिएको घरमा पुग्दा टंकबहादुरका दाजु सोमबहादुर भाइको ढलेको घर नजिकै भाइको ढलेको घर हेरिरहेका थिए । यसैमा एउटा कुकुर पनि भत्केको घर हेरिरहन्थ्यो । घरी घरी सानो आवाजमा कराई रहन्थ्यो ।
सोमबहादुरले भाइ टंकको कुकुर भएको सुनाए । ‘भाइलाई यसले एक छिन छोड्दैन थियो’, उनले भने, ‘भाइ वरपर हिँड्दा संगै हिड्थियो ।’
आजको अन्नपूर्णमा खबर छ ।









