किन गए प्रचण्ड निवासमा ओली निकट ३ टोली

काठमाडौं, २६ असार
दुई अध्यक्षबीच बुधवार कुरा नमिल्दा दुईतिर मुख फर्काएर उठेका प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बिहीबार पनि छलफल हुन सकेन ।

स्थायी समितिको बैठक शुक्रबार बोलाइएको छ । दुई अध्यक्षबीच कुराकानी नमिल्दा बैठक के गर्ने ? अन्योल कायमै रहेका बेला बिहीबार बालुवाटारको सन्देश लिएर ओली पक्षधर नेताका तीन नेताको टोली खुमलटारस्थित दाहालको निवास पुगेको थियो ।

दाहालले सुरुमा गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापासँग भेट गरेका थिए । थापाले पछिल्लो दुई दिनयता फेरि ओली र दाहालबीच मिल्न जोड गरिरहेका बेला दाहालको निम्तोका आधारमा थापा खुमलटार पुगेका थिए ।

थापासँगको भेटपछि मन्त्री घनश्याम भुसाल पनि खुमलटार पुगेर दाहाललाई आवश्यक परे थप समय लिएर विवाद समाधान खोजी गर्न आग्रह गरेका थिए ।
अन्नपूर्ण पोस्टमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here