वरपिपललाई साक्षी राखी क्वारेन्टाइनमै विवाह

काठमाडाैं, ३ असार ।
दाङमा क्वारेन्टाइनमा बस्दै अएका एक जोडीले विवाह गरेका छन् ।

घोराही उपमहानगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका घोराही–१८ का २३ वर्षिय वली थरका युवक र तुलसीपुर उपमहागरपालिका–५ की चौधरी थरकी २१ वर्षीया युवतीले जेठ ३२ मा क्वारेन्टाइनमै विवाह गरेको सार्वजनिक भएको हो।

करिब २५/२६ दिनअघि भारतको दिल्लीबाट आएर उनीहरू वडा नम्बर १८ को आधारभूत विद्यालय बेलघारी क्वारेन्टाइनमा बसेका थिए। ।

‘नौ महिना अघिदेखि उनीहरूको प्रेम सम्बन्ध रहेछ,’ वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्यालले भने, उनीहरूसँगै भारत गएका र सँगै आएका रहेछन् ।

उनीहरूले जेठ ३२ मा धार्मिक संस्कार अनुसार सामाजिक दूरी कायम गर्दै बरपीपललाई साक्षी राखी विवाह गरेका हुन् ।

ती दम्पतीको पीसीआर रिपोर्ट नेगेटिभ आएको र उनीहरूलाई १४ दिनसम्म छुट्टाछुट्टै बस्न निर्देशन दिएर घर पठाएको उनले बताए।

असारमा नौ महिना हुने भएकाले उनीहरू दुवैको आग्रह र घरपरिवारको सरसल्लाह अनुसार क्वारेन्टाइनमा विवाह गरिदिएकोसमेत उनले बताए ।
गोरखापत्र दैनिकमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here