
काठमाडाैं, २९ जेठ ।
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष नगर्ने निर्णय गरेको छ । चैत ६ गतेदेखि १७ गतेसम्म हुने तय भएको परीक्षा एकदिन अगाडिमात्र सरकारले रोक्ने निर्णय गरेको थियो ।
त्यसयता अन्योलमा परेको परीक्षा यस वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने गरी रोक्ने निर्याय भएको हो ।
शिक्षा वि१ान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल एसइई लिन सम्भव नभएको भन्द्यै विद्यार्थीको अध्ययन निरन्तरताका लागि बाधा अड्काउ फुकाउ अध्इादेश जारी गरेर यसपटक एसइई नलिने भनी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए ।
शिक्षा ऐन २०२८ को दफा ४ (ट) बमोजिम परीक्षा सञ्चालन हुने अवस्था नरहेको भन्दै सोही ऐनको दफा २० ले दिएको अधिकार प्रयोग गरी सरकराले परीक्षा नगर्ने निर्णय गरेको बुधवारको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
अन्नपूर्ण पोस्टमा खबर छ ।









