पठनपाठन, विद्यार्थी भर्ना र परीक्षा सन्दर्भमा शिक्षा मन्त्रालय अन्योलमा

काठमाडाैं, २५ बैशाख ।
लकडाउनको अन्योलबीच सरकारले पठनपाठन, विद्यार्थी भर्ना र परीक्षा सन्दर्भमा ठोस योजना ल्याउन सकेको छैन । लकडाउनको ४४ औं दिन पुगिसक्दासमेत ठोस योजना ल्याउन नसकेको पाइएको हो ।

लाखौं विद्यार्थी ‘अबको विकल्प के?’ भन्दै प्रश्न उठाउन थालेका छन् ।

मुख्यत एसईई, कक्षा ११, १२ को परीक्षा, पठनपाठन, विद्यार्थी भर्ना अभियान पूर्ण प्रभावित बन्न पुगेको छ । कक्षा १ देखि ९, स्नातक, स्नातकोत्तर तहका शिक्षा, परीक्षासमेत प्रभावित भएका छन् ।

यद्यपि, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गृहकार्य अघि बढाइसकेको बताउँदै आए पनि ठोस योजना सार्वजनिक गर्न सकेको छैन ।
आजको राजधानी दैनिकबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here