काठमाडौं, २४ वैशाख
पार्टी विभाजनको चरणमा पुगेर जोगिएको नेकपामा स्थायी समिति बैठकको एजेन्डादेखि ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’सम्मको विषयले विवाद निम्तिने देखिएको छ।

२ अध्यक्षबीच दुई दिनयता छलफल भए पनि यी विषयमा सहमति जुट्न नसक्दा त्यसले विवाद स्थायी समिति बैठकमा बल्झिने संकेत गरेको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार र मंगलबार भएको छलफलमा शक्ति बाँडफाँटलगायत मुद्दामा सहमति नभएको हो । स्थायी समितिको एजेन्डा, बैठक कति लामो बनाउने, कसरी छलफल गराउने भन्ने विषयमा अझै समझदारी जुट्न सकेको छैन ।

२ अध्यक्षबीचको कार्यविभाजन पुरानै सहमतिका आधारमा टुंगो लगाउने गरी एजेन्डा तय गर्न सोमबार दाहाल र महासचिव विष्णु पौडेललाई जिम्मेवारी भने तोकिएको थियो । तर, उनीहरूबीच मंगलबार छलफलै भएन । उनीहरूले एजेन्डा बुँदागत रूपमा तयार पार्ने जनाइएको छ ।

प्रचण्डले आफ्नो तर्फबाट खेस्रा कोर्ने काम सुरु गरेको उनको निजी सचिवालयले जनाएको छ । नेकपाले सचिवालय बैठक आज (२४ वैशाख) र स्थायी समिति बैठक बिहीबार (२५ वैशाख) का लागि बोलाएको छ ।
अन्नपूर्ण पोष्टबाट खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here