बाँके, २३ वैशाख
नेपालगन्जमा आइतबारसम्म कोरोना संक्रमण देखिएका १६ जना ८ परिवारका व्यक्ति मात्र छन् । त्यसमा पनि १५ जना एकै टोलका छन् ।

नेपालगन्ज उपमहानगरपालिका-८ को जोलाहनपूर्वाका एकै घरका २ देखि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोही टोलमा बस्ने नेपालगन्जका पूर्वउपप्रमुख समसुद्दिन सिद्धिकीले बताए ।

सोही टोलमा रहेको अन्सारियन मस्जिद सञ्चालक समितिका अध्यक्षसमेत रहेका सिद्धिकीका अनुसार नेपालगन्जमा भेटिएका संक्रमितमध्ये ३ परिवारका ३/३, दुई परिवारका २/२ जना र ३ परिवारका १/१ जना छन् ।

पहिलो संक्रमितसँग सम्पर्कमा रहेका अझै ३९ जनाको रिपोर्ट आउन बाँकी छ ।
आजको अन्नपूर्ण पोष्टबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here