
काठमाडौं, ६ चैत ।
विश्वभर नै माहामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले चालेको प्रयासमा नेपाली सेनाले पनि सहयोग गर्न थालेको छ ।
सैनिक मुख्यालय भद्रकालीमा सेनाले कोरोना उपचारका लागि १ सय ८ वटा बेडको व्यवस्था गरेको छ भने उपचारका लागि नेपाली सेनाको विभिन्न युनिटमा कार्यरत १ सय ३१ जना स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।
विपत् पूर्वतयारीका रूपमा सेनाले सजकता अपनाउँदै आएको जानकारी दिँदै सैनिक प्रवक्ता पाण्डेले भने, ‘कोरोना भाइरसको उपचारका लागि अपनाइने विधिका बारेमा सैनिक चिकित्सकहरूलाई दुईदिने तालिमसमेत दिइएको छ ।’
सेनाले नेपाली सेनामा कार्यरत रही चीनमा अध्ययन गरेर नेपाल फर्केका स्वास्थ्यकर्मीलाई समेत उपचारमा परिचालन गरेको बताइएको छ ।
नेपाल समाचारपत्र









