चीनबाट आयातित ‘मास्क’ कोरोना भाइरसका कारण उतैतिर निर्यात

काठमाडौं, २१ माघ ।
छिमेकी मुलुक चीनमा कोरोना भाइरसको संक्रमण तीव्रगतिमा फैलिएपछि नेपालमा रहेका चिनियाँले आफन्त र साथीभाइलाई मास्क कोसेली पठाउन थालेको छ ।
अहिले धमाधम कोसेलीका रूपमा पठाइँदै गरेका ती मास्क कुनैबेला चीनबाटै आयात गरिएका हुन् । अहिले व्यापारिक रूपमै चीनका विभिन्न सहरमा मास्क निर्यात हुन थालेपछि पोखरामा मास्क अभाव हुन थालेको छ ।
पर्यटकीय क्षेत्र लेकसाइडमा रहेका चिनियाँ व्यवसायीले चीनका विभिन्न सहरमा मास्क निर्यात गरिरहेका छन् । चिनियाँ व्यवसायीद्वारा लेकसाइडमा सञ्चालिन हेल्लो वल्र्ड जर्नीले सोमबार चीन पठाउने मास्क धमाधम ट्रकमा लोड गरिरहेके ।
हेल्लो वल्र्ड जर्नीमा कार्यरत कर्मचारी पवन अधिकारीले अहिलेसम्म दुई ट्रक मास्क चीनमा पठाइसकेको जानकारी दिए ।
सोमबार तेस्रो चरणको निर्यातका लागि ट्रकमा मास्क लोड गरिरहेका उनले अहिलेसम्म २५ लाखजति मास्क हेल्लो वल्र्डमार्फत चीन पठाइएको जानकारी दिए ।
पोखरामा सञ्चालित विभिन्न मेडिकलबाट ती मास्क संकलन गरेर चीन निर्यात गरिरहेको उनले बताए ।
‘पोखरामा बसिरहेका कतिपय चिनियाँले चीनमा रहेका आफन्त र साथीभाइलाई मास्क कोसेलीका रूपमा पठाइरहेका छन् भने केहीले यहाँ खरिद गरेर चीनमा बिक्री गरिरहेका छन्,’ उनले भने, ‘चीनबाट अर्डर आएबमोजिम यहाँ मास्क संकलन गरिएको छ ।’
अधिकारीका अनुसार ५० वटा दरले प्याकेट बनाएर चीनका विभिन्न ठाउँमा पठाइएको छ । ५० पिसको प्याकेटलाई पोखरामा ३ सय रुपैयाँमा खरिद गरेको उनले बताए । चीनमा कति मूल्यमा निर्यात भइरहेको भन्नेबारे भने चिनियाँले बताउन चाहेनन् ।
कर्मचारी पवन अधिकारीका अनुसार पोखराबाट ट्रकमा हिँडाइएका पाँचदेखि नौ दिनभित्र चीनका कुनै सहरमा पुयाउनेगरी काम चिनियाँ व्यवसायीले गरिरहेका छन् ।
काठमाडौंमा रहेका चिनियाँले पनि मेडिकलमा मास्क खरिद गरेर चीन पठाइरहेको अधिकारीले जानकारी दिए । मेडिकलमा संकलन गरेर प्याकेट बनाएर ढुवानीका लागि संकलन केन्द्रमा ल्याउने काम जोकोही व्यवसायीले पनि गरिरहेको उनले बताए ।

आजको नागरिक दैनिकबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here