सुरक्षित आप्रवासन (सामी) परियोजनाको अभिमुखीकरण तालिम सकियो

बागलुङ, १८ पुस ।
बागलुङका चार स्थानीय तहमा संचालित सुरक्षित आप्रवासन (सामी) परियोजनाका कर्मचारीको लागि संचालित दुई दिने अभिमुखीकरण तालिम शुक्रबार सम्पन्न भएको छ ।
विवाईसी बागलुङको स्थानीय व्यवस्थापन र सामी हेल्भेटासको प्राविधिक सहयोगमा विहिबारदेखि तालिम सुरु भएको थियो ।
समापन कार्यक्रममा बोल्दै विवाईसी बागलुङका अध्यक्ष मणीभद्र शर्माले सुरक्षित आप्रवासन परियोजनालाई नमुना परियोजनाको रुपमा कार्यान्वयन गर्ने बताउनुभयो । अति जटिल र संवेदनशिल क्षेत्र ओगटेको परियोजना व्यवहारिक र जीवन उपयोगी भएको बताउनुभयो ।
समापन कार्यक्रममा जैमिनी नगरपालिकाका योजना अधिकृत प्रेमप्रसाद सापकोटा, सामी परियोजना वित्तिय साक्षरता प्रदेश संयोजक जुनादेवी खत्री, सहभागी अनिल शर्मा, मधु पौडेलले बोल्नुभएको थियो ।
कार्यक्रमको सहजिकरण सामी परियोजना गण्डकी प्रदेश संयोजक उमाकला शर्मा र वित्तिय सांक्षरता प्रमुख जुनादेवी खत्रीले गर्नुभएको थियो ।
सुरक्षित आप्रवासन सामी परियोजनाको तेस्रो चरण अन्तर्गत बागलुङको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका र गल्कोट नगरपालिका छनौटमा परेका छन ।
परियोजना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुख्य संयोजन गरी सामी परियोजना सातवटै प्रदेश समावेश हुने गरी ३९ जिल्लाका नगरपालिका र गाउँपालिका मार्फत कार्यान्वयन गरिने छ ।
परियोजनाले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, तालिम, क्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा काम गर्ने परियोजना बागलुङका संयोजक मिन उपाध्ययले बताउनुभयो ।
परियोजनाको लागि दुई जना आप्रवासन सूचना केन्द्र तथा परामर्शकर्ता, चार स्थानीय तहमा एक/एक जना मनोपरामर्शदता तथा वित्तिय साक्षरता कर्ता चयन भएका छन् । १२ जना रिनर्निङ्ग स्वयमसेवक पछि थप हुने अध्यक्ष मणीभद्र शर्माले जानकारी दिनुभयो । तालिम पश्चात नियमित काम संचालन हुने उहाँको भनाई छ ।

सुरक्षित आप्रवासन परियोजनाका नवनियुक्त कर्मचारीलाई अभिमुखीकरण तालिम सुरु

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here