सुरक्षित आप्रवासन परियोजनाका नवनियुक्त कर्मचारीलाई अभिमुखीकरण तालिम सुरु

बागलुङ, १७ पुस ।
बागलुङको चार स्थानीय तहमा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी) का नवनियुक्त कर्मचारीलाई परियोजनाको परिचय तथा काम प्रकृतिको बारेमा विहिबारदेखि दुई दिने अभिमुखीकरण तालिम सुरु भएको छ ।
विवाईसी बागलुङको स्थानीय व्यवस्थापन र सामी हेल्भेटासको प्राविधिक सहयोगमा तालिम सुरु भएको हो । तालिम उद्घाटन पछि बोल्दै बागलुङ नगरपालिका कार्यालय बागलुङका प्रमुख प्रशासकीय अधिकृत डण्डपानी शर्माले वैदेशिक रोगजारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन परियोजना सहयोग बन्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सामी परियोजना अत्यान्त संबेदनशिल र महत्वपूर्ण भएकाले कर्मचारी जिम्मेवार, जवाफदेही र महनती बन्नुपर्नेमा जोडदिनुभयो । परियोजना संचालन गर्दा व्यक्तिगत सूचनाको व्यवस्थापन र गोपनीयतामा ध्यान दिन सुझाव दिनुभएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका बरिष्ठ योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी, गल्कोट नगरपालिकाका शाखा अधिकृत तुलबहादुर विक, जैमिनी नगरपालिकाका योजना अधिकृत प्रेमप्रसाद सापकोटा, काठेखोला गाउँपालिकाका अधिकृत काशीराम शर्मा पौडेल लगायतले बोल्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण सामी परियोजना गण्डकी प्रदेश संयोजक उमाकला शर्मा र वित्तिय सांक्षरता प्रमुख जुना केसीले गर्ने बताइएको छ । उद्घाटन कार्यक्रम विवाईसीका अध्यक्ष मणीभद्र शर्माको अध्यक्षता र उपाध्यक्ष तोयानाथ गौतमको संचालनमा सम्पन्न भएको थियो ।
सुरक्षित आप्रवासन सामी परियोजनाको तेस्रो चरण अन्तर्गत बागलुङको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका र गल्कोट नगरपालिका छनौटमा परेका छन ।
परियोजना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुख्य संयोजन गरी सामी परियोजना सातवटै प्रदेश समावेश हुने गरी ३९ जिल्लाका नगरपालिका र गाउँपालिका मार्फत कार्यान्वयन गरिने छ ।
परियोजनाले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, तालिम, क्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा काम गर्ने परियोजना बागलुङका संयोजक मनी उपाध्ययले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here