आफ्नो अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३-० गोलअन्तरले पराजित

बागलु, २८ असोज ।
कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको चौंथो खेल तथा आफ्नो अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा नेपाल बलियो टिम जोर्डनसँग ३(० ले पराजित भएको हो ।
घरेलु मैदानमा जोर्डनलाई जित दिलाउन फेरास शेल्बाइह, अहमेद अल इर्सान र वहा फैसलले एक एक गोल गरे ।
जोर्डनलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो ।
दोस्रो हाफमा दिनेश राजबंसिले डिबक्स भित्र जोर्डनका खेलाडीलाई फल गरेपछि पेनाल्टीबाट गोल आएको नेपालले त्यसपछि खेलमा अतालिदा हार्न पुगेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here