नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले त्यागे राष्ट्रिय टिमको कप्तानी

काठमाडौं, २८ असोज ।
क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तानी छोडेको घोषणा गरेका छन् । झण्डै एक दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले आफ्नो अफिसियल फेसबुक पेजमा स्टाटस लेखेरअब कप्तान पद छाड्ने निर्णय लिए जनाएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काले विज्ञप्ति जारी गर्दै कप्तानी छाडेको बताएका हुन् ।
उनको कप्तानीमा नेपालले टी-ट्वान्टी विश्वकप खेल्यो भने एक दिवसीय मान्यता पनि पायो । अब नेपाल टेष्ट नेशन बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको बेला पारसले कप्तानी हस्तान्तरणको निर्णय लिएका हुन् ।
पारसले कप्तानबाट राजिनामा लिएको घोषण गर्दै आफुलाई अहिलेसम्म सहयोग गर्ने सबै खेलाडीहरु, प्रशिक्षकहरु, अंपायरहरु, ग्राउन्ड्सम्यानहरु, मित्रहरु, र मेरो परिवारको लागी धन्यवाद दिएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here