
मनाङ, २७ असोज ।
पर्यटकको सुरक्षालाई ध्यान दिई मनाङ प्रहरीले तिलिचोमा गस्ती गरेको छ । प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त कार्य गरेको जनाएको छ ।

मनाङमा आउने पर्यटकहरुको सुरक्षाको लागि उनीहरुसँगै अन्नपूर्ण पदमार्गमा रहेको तिलिचो तालसम्म गस्ती सुरु गरेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले तिलिचो तालसम्म गस्ती गर्दा मनाङमा सुरक्षाको हिसावले पनि ढुक्क भएर पर्यटकहरुमा वृद्धि हुने विश्वास लिएको बताउनुभयो ।
प्रनाउ कार्कीले ग्रामिण पर्यटकीय समुदायिक गस्ती कार्यक्रमअन्तर्गत मनाङका प्रहरी सहायक निरीक्षक महोदत्त शर्माको कमान्डमा तिलिचोसम्म प्रहरी पुग्न सफल भएको जानकारी दिनुभयो ।

विशेष गरी अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको अवस्था बुझ्न तथा पर्यटकको सुरक्षा के कस्तो छ ? भन्ने बारे जानकार राख्न गस्तीको सुरुवात गरिएको प्रनाउ कार्कीले बताउनुभयो ।









