नेपाल क्रिकेट संघको निलम्बन फुकुवा

काठमाडौं, २७ असोज ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट सं‌घ क्यानको निलम्बन सशर्त फुकुवा गरेको छ ।
सोमबार बसेको आईसीसी बोर्ड बैठकले नेपाल र जिम्बाब्वेको निलम्बन फुकुवाको निर्णय गरेको हो । आईसीसीले २०१६ मा नेपाललाई निलम्बन गरेको थियो ।
यो निलम्बनपछि आईसीसीकै अगुवाईमा विधान संशोधन हुनुका साथै हालै भएको निर्वाचनले चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति बनाएको थियो ।
आईसीसीका अध्यक्ष शशांक मनोहरले भने, ‘नेपालमा भएको प्रगतिलाई मध्यनजर गर्दै अब एसोसिएट सदस्यताको सबै मापदण्डहरु पालना गर्न नेपाल क्रिकेट संघको संक्रमणकालीन योजना बनाइनेछ, जसमा नियन्त्रित फण्डिङ पनि हुनेछ ।’

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here