चिनियाँ राष्ट्रपतिको भ्रमणमा काठमाडौंका मुल सडकमा सवारी साधन निषेध, यस्तो छ २ दिने भ्रमण तालिका

काठमाडौं, २५ असोज ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण अवधिभर सरकारले मुख्य सडकमा नागरिकको प्रवेशमा रोक लगाएको छ । महानगरीय ट्राफिक महाशाखाले आज एक विज्ञप्ती जारी गर्दै सीको भ्रमण अवधिभर मुख्य सडकमा सवारी चलाउन नपाइने बताएको छ ।
सी २५ गते दिउँसो नेपाल आईपुग्नेछन् । सी को नेपाल भ्रमण अवधिभर मालबाहक सवारी साधनलाई चक्रपथभित्र प्रवेशमा रोक लगाईएको छ ।
चिनियाँ राष्ट्रपति सि चिनफिङको सवारी हुने सडकमा कुनै पनि प्रकारका सवारी साधन चल्न पाउनेछैनन ।
अत्यावश्यक परेमा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । पुराना र बिग्रएका सवारी साधन नचलाउन पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
यस्तो छ सीको भ्रमण तालिका
सी शनिबार अपराह्न ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।
सी आउँदा विमानस्थल साढे २ घण्टा बन्द हुनेछ । शनिबार दिउँसो २:५५ देखि ५:२५ सम्मका लागि सबै व्यवासायिक उडान स्थगन गरिएकाछन् ।
विमानस्थलमा अवतरण गरेपछि चिनियाँ राष्ट्रपतिले नेपाली राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्नेछन् । सी र भण्डारी शनिबार साँझ साँझ ६ः३० भेट्नेछन् ।
यसपछि साँझ ७ः१५ मा सीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्नेछन् ।
यसपछि सी को सम्मान र स्वागतमा राष्ट्रपति भण्डारीले साँझ ७ः३० मा सोल्टी होटलमा रात्रिभोज दिने कार्यक्रम रहेको छ ।
दोस्रो दिन
सीले आइतबार बिहान १०ः३० बजे सीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् ।
११ः३० मा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुनेछ । यो भेटवार्तामा द्वीपक्षीय सम्झौता हुने बताईएको छ ।
आइतबारै दिउँसो १ बजे सी चीन फर्कनेछन् । उनी चीन फर्कने समयमा पनि विमानस्थल बन्द रहनेछ । आईतबार बिहान ११:२० देखि १:५० सम्म विमानस्थल बन्द हुनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here