दमौली, २२ असोज ।
तनहुँको भानु १ भन्सारमा मंगलबार चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । चितुवाको आक्रमणमा परेर स्थानीय ३ वर्षका बालक आशिक बानियाँको मृत्यु भएको हो ।
मंगलबार साँझ घरबाट करिब दुई सय मिटर पर पिङ खेल्दै गर्दा उनलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट बानियाँको शरीरभरि चोट लागेको थियो । आक्रमणमा परी घाइते भएका उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसै वर्षमात्र त्यस क्षेत्रमा चितुवाको आक्रमणबाट ३ बालबालिकाको ज्यान गएको छ । एक चितुवा मारेर एक नियन्त्रणमा आए पनि आक्रमणका घटना नरोकिँदा स्थानीय चिन्तित छन् ।









