भोली नेपालीहरुको महानचाड बडा दशैं, टिकाको साइत १० बजेर ३५ मिनेटमा

बागलुङ, २० असोज ।
भोली हिन्दू नेपालीहरुको महान् चाड बडा दशैंको मुख्य दिन बिजया दशमी अर्थात टिका लगाउने दिन । आफुभन्दा ठुलाको हातबाट टिका र जमरा ग्रहण गरि आशिर्वाद लिने गरिन्छ ।
टिकाको उत्तम साईत भने भोली बिहान १० बजेर ३५ मिनेटमा उपयुक्त रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । उपयुक्त समय बाहेक जुनसुकै बेला टिका लगाउन सकिने पञ्चाङ्ग निर्णायक समितिको भनाई छ । घटस्थापनाको दिनमा विधिपूर्वक राखिएको जमरा र टीका देवीदूर्गालाई चढाएपछि आफ्ना मान्यजनहरुबाट नव दुर्गा भवानीको प्रसादको रुपमा टिका र जमरा लगाउने चलन रहेको छ ।
समस्त नेपालीजनले विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण पनि सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ । मान्यजनको हातबाट दशैंको टीका लगाउन देश विदेशबाट समेत मानिसहरु आफ्नो गाउँघरमा पुग्ने गर्दछन् ।
दशैंको टिकामा अन्य फुलको प्रयोग गरिदैन । दशैंको टिकासंगै सम्बृद्धिको प्रतिको रुपमा मानिएको जमराको नै प्रयोग गर्ने धार्मिक प्रचलन रहेको छ । भोलीदेखि सुरु भएको दशैंको टिका ५ दिन सम्म चल्ने छ । कोजाग्रत पुर्णिमाको दिन बिधिवत रुपमा टिका समापन गरि दशैं बिदा गर्ने पौराणिक प्रचलन रहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here