सन्दिप र करण चम्किदा नेदरल्याण्ड १३३ रनमा समेटियो

बागलुङ, २० असोज ।
नेपाली बलर सन्दिप लामिछाने र करण केसीले कसिलो बलिङ गर्दै ओमनमा जारी पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजको नेपालको दोस्रो खेलमा नेदरल्याण्डलाई सस्तैमा समेटेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ३३ रन बनायो ।
नेदरल्याण्डका लागि म्याक्सवेल प्याट्रिक ओु डोडले सर्वाधिक ४३ रन बनाए । यस्तै कोलिन एकेर्मानले २९ तथा एण्टोनियस स्टलले २१ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट हात पारे । यस्तै करण केसीले ३ विकेट र ललित नारायण राजवंशीले १ विकेट लिए ।
नेपालले केहि समयमै बजाफि व्याटिङ गर्नेछ ।
आज नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो ।
यता, नेदरल्याण्ड पहिलो जितको खोजीमा रहेको छ । नेदरल्याण्ड पहिलो खेलमा आयरल्याण्डसँग पराजित भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here