बागलुङ, १९ असोज ।
ओमानमा जारी ५ राष्ट्र सम्मिलित टि–२० क्रिकेट प्रतियोगितको चौथो खेलमा हङकङले नेपाललाई १ सय २६ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले फिल्डीङ रोजेको नेपालले पुरै २० ओभर बलिङ गर्दै हङकङलाई १ सय २५ रनमा रोक्यो । ४ ओभरमा विना विकेटको क्षतिमा ३५ रन जोडेको हङकङको रन गतिलाई ब्रके लगाउने क्रममा पाँचौं भरमा करण केसीले ३ विकेट लिए ।
करणले ५ औं ओभरको तेस्रो बलमा ओपनर अहसान अब्बासीलाई १३ रनमा रोहित पौडेलको हातबाट क्याच गराएका थिए । करणले पाँचौ बलमा अर्का ओपनर निजाकत खानलाई १३ बलमा २३ रन जोडेको अवस्थामा कप्तान पारस खड्काको हातबाट क्याच आउट गराए । लगत्तै अर्को बलमा शहिद वासिफ पहिलो बलमा नै करणको एलबीडब्लू धरापमा पारे ।
हङकङको लागि प्तान किन्चित र वाकस बर्कतले ६३ रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पुर्याएका थिए । किन्चितले ३१ बलमा ३१ रन तथा वकासले ४७ बलमा ३७ रन जोडे । एहसान खान १० रनमा नटआउट रहे ।
नेपालका लागि करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिएका थिए । अभिनाश बोहोराले ३ ओभरमा १७ रन खर्चेर १७ रन तथा ललित नारायण राजवंशीले ४ ओभरमा १७ रन मात्र खर्चे ।
नेपालले केहि बेरमा जबाफि व्याटिङ गर्नेछ ।
लाईभ भिडियो









