
काठमाण्डौ, १५ फागुन
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर सम्पर्कविहीन भएको छ । ताप्लेजुङको पाथिभरा मन्दीरको दर्शन गरेर काठमाडौं फर्किने क्रममा हेलिकप्टर दुर्घटना भएको बताइएको छ ।
बुधबार काठमाडौंबाट तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न उडेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।
उक्त हेलिकप्टरमा मन्त्रीसहित ६ जना सवार थिए। थप विवरण आउन बाँकी छ।









