
बागलुङ, २४ माघ
बागलुङको पश्चिम ढोरपाटन शिकार आरक्ष क्षेत्र आसपासमा हिमपात भएको छ ।
बिहिबार विहानैदेखि परेको वर्षासँग ढोरपाटन क्षेत्रमा हिमपात भएको हो । ढोरपाटनमा यस वर्ष तेस्रो पटक हिमपात भएको हो । हिमपातसँगै सो क्षेत्रमा पुनः चिसो बढेको ढोरपाटन शिकार आरक्षका कार्यरत वन रक्षक विरबहादुर थापाले जानकारी दिनुभयो ।
सो क्षेत्रमा विहानैदेखि भारी हिमपात भएको छ । हिमपातको कारण स्थानीयलाई बाहिर निष्कन समेत गर्न गाह्रो भएको छ ।
तस्विरः विरबहादुर थापा













