जीपको ठक्करबाट एक युवती गम्भीर घाईते

बागलुङ, १३ माघ
बागलुङ नगरपालिका–२ हल्लनचोकमा तीब्र गतिमा आएको जीपले ठक्कर दिँदा एक महिला गम्भीर घाईते भएकी छन् । विहान करिब ९ बजेर ४० मिनेटको समयमा तिब्र गतिमा पोखरा तर्फ जाँदै गरेको धौलागिरी जीप व्यवसायी समितिको ग १ ज ५२९९ नं को जीपले, आफु कार्यरत प्रभु बैँकमा जाँदै गरेकी २६ वर्षिया ज्योति सापकोटालाई ठक्कर दिएको हो ।

घाईते सापकोटालाई धौलागिरी अन्चल अस्पतालमा अति आवस्यक उपचार पछी थप उपचारका लागी AIR DYNASTY को 9N-AJP मा टिचिङ हस्पिटल काठमाडौमा लगीएको छ ।  जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार जीप चालक अर्जुन बस्नेत र जीप प्रहरीले नियन्त्रणमा लिएको छ ।