सरकार भ्रष्टचारी र माफियाको ईसारामा चल्योः चित्रबहादुर केसी

तस्विरः प्रकाश बराल

बागलुङ, २१ मंसिर ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले अहिलेको दुई तिहाईको सरकार भ्रष्टचारी र माफियाको ईसारामा चलेको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा बागलुङको छैठौं जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै केसीले दुई तिहाई दिलाउन सघाउनेकै पछि लाग्दा सरकार भ्रष्टाचार र सिण्डिकेटको दलदलमा फसेको टिप्पणी गर्नुभयो । केसीले राष्ट्रियताको रक्षाका लागि फेरी अर्को राजनीतिक आन्दोलन गर्नुपर्ने धाराणा राख्नुभएको थियो ।
वर्तमान दुइ तिहाईको सरकारले भारतीय विस्तारवाद, अमेरीकी साम्राज्यवाद तथा युरोपियन युनियनको दलाली र गुलामी गरेर शत्ता टिकाई राखेको बताउँदै त्यसकै इसारामा देशको महत्वपूर्ण उर्जा स्रोत अरुण तेस्रो भारतलाई सुम्पेको आरोप लगाउनुभएको छ ।
थप बोल्दै अध्यक्ष केसीले, नेपाली जनताको आन्दोलनले राणा फाल्यो, पञ्च्यायत फाल्यो, राजा पनि फाल्यो तर देशको आर्थिक, सास्कृतिक र प्रशासनिक परिवर्तन नहुँदा जनतामा निरासा जस्ताको तस्तै रहेको बताउनुभयो । देशमा जनताको अपेक्षा र चाहना विपरित राज्य शत्ताको दाउमा लागेका कारण देशलाई संघीयतामा फसाएर धुजा धुजा पार्ने षडयन्त्र सुरु भएको बताउनुभयो उहाँले, देशमा सञ्चालन गरिएको संघीय राज्य व्यवस्थाले जनताको टाउकोमा कर थुपार्ने काम भएको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाको अध्यक्षता, उपाध्यक्ष बेदीलाल सापकोटाको स्वागत मन्तव्य तथा भिमसेन वनको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सम्मेलन आज र भोली गरी दुइ दिन सम्म चल्ने बताइएको छ ।