नेपाल र चीनबीच १० वटा सम्झौता

46

बेइजिङ, ७ असार ।
नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तेस्रो दिन बिहीबार यी सम्झौता भएका हुन् ।
यस्तै, थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी ली खछ्याङबीच ग्रेट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माण लगायतका विषयमा सम्झौता भएको हो ।
तिब्बतको राजमार्ग उपयोग, ऊर्जा सहयोग, आर्थिक तथा प्राविधिक सहयोग, मानव संसाधनको विकास जस्ता विषयमा दुई मुलुकबीच समझदारी भएको बताइएको छ ।
(रासस)

२०७५ असार ७ गते प्रकाशित