साविक विजेता जर्मनीलाई पहिलो खेलमै ढुंगा, मेक्सिको १-० ले विजयी

48

एजेन्सी ।
विश्व विजेता जर्मनीले पराजयसँगै विश्वकपको सुरुवात गरेको छ । समुह चरणको पहिलो खेलमा जर्मनी मेक्सिकोसँग १–० ले स्तब्ध भएको हो ।
मेक्सिकोलाई जित दिलाउन हिरभिङ लोजानोले निर्णायक गोल गरे । लोजानोले खेलको ३४ औ मिनेटमा गोल गर्दै मेक्सिकोलाई महत्वपूर्ण जित दिलाए ।
यो जितसँगै समूह एफमा रहेको मेक्सिकोले ३ अंक जोडेको छ । र, मेक्सिकोले दोस्रो चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ ।
यता, जर्मनीलाई दोस्रो चरण प्रवेशको लागि अन्य खेल जित्नै पर्ने दबाब बढेको छ ।
यो समूहमा स्विडेन र दक्षिण कोरिया छन् । दुई टोलीबीचको खेल सोमबार हुनेछ ।

२०७५ असार ३ गते प्रकाशित