आज २०७४ माघ २९ गते सोमवारको राशिफल

आज २०७४ माघ २९ गते सोमवारको राशिफल
आज २०७४ साल माघ २९ गते सोमवार,
तदअनुसार फेब्रुअरी १२, २०१८
– ज्यो.प. नारायणप्रसाद दुलाल
तपाइको आज
मेष : कार्य क्षेत्रमा सफलता पाईनेछ । जोश जाँंगर र हिम्मत बढ्नेछ । वहान सुख मिल्ने योग छ ।
बृष : बैदेशिक क्षेत्र कमजोर रहला । पैतृकसम्पत्तिमा विवाद बढ्नेछ । साँझमा पैशा खर्च हुने योग छ ।
मिथुन : इनाम र प्रतिष्ठा कमाउने बेला छ । शिक्षामा सफलता मिल्ला । शुभ समाचार सुन्न पाइएला ।
कर्कट : नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । व्यापार व्यवसायमा प्रगति होला । रोमाञ्चक यात्रा हुनेछ ।
सिंह : कार्य सम्पादनमा सहजता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । प्रेममा सफलता पाइनेछ ।
कन्या : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक क्षेत्रमा सङ्कट छाउला । व्यवहारमा झमेला आउला ।
तुला :बित्तिय संस्था बाट सहयोग पाईनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । भाग्योदय हुनेछ ।
वृश्चिक : नयाँ व्यक्तिसंग भेट–घाट हुनेछ । आकस्मिक धनलाभ होला । राज्यबाट सहयोग मिल्नेछ ।
धनु : लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।
मकर : व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । व्यर्थको यात्रा हुनेछ ।
कुम्भ : धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । नयाँ कामको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।
मीन : चिताएको कामले तीव्रता लिनेछ । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।