गाडी नै प्यारोः प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मले फिर्ता गरेनन् सरकारी गाडी

काठमाडौं, १६ माघ ।
संघीय संसद सचिवलायबाट संसद् पदाधिकारीको हैसियतमा लिएको सवारी साधन प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मले फिर्ता नगरेको पाइएको छ । सुविधाका रूपमा सचिवालयबाट लिएका तीनवटा गाडी सचिवलायमा अझै फिर्ता नगरिएका पाइएको हो । आजको राजधानी दैनिकमा यो खबर छापिएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा सवारी साधन लिएका प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वसभामुख ओनसरी घर्ती र पूर्वसभामुख रामचन्द्र पौडेलले पदीय हैसियतमा लिएको गाडी संसद् सकिएको लामो समयसमम पनि फिर्ता नगरको संसद सचिवालयले जनाएको छ ।
सचिवालयको सवारी साधन व्यवस्थापन शाखाका शाखा अधिकृत ज्ञानहरि पन्थीका अनुसार कांग्रेस नेता रामचन्द्र पौडेलले पूर्वसभामुखको हैसियतमा लिएको बा २ झ १४३९ नम्बरको गाडी संसदको पदावधि सकिएको साढे तीन महिनाम बितिसक्दा पनि फिर्ता गरेको छैनन् । पौडेलले पूर्वसभामुखको हैसियतामा लिएका सवारी साधन संसद सचिवालयमा बुझाएको कुनै रेकर्ड भेटिँदैन । तर, उनी आफूले पहिला नै सम्बधित निकायमा गाडी फिर्ता गरिसकेका जिकिर गर्छन् ।

माओवादी केन्द्रकी नेत्रृ ओनसरी घर्तीले सभामुख हुँदा प्रयोग गरेको बा२झ १६८७, बा २ झ १२६८ र बा २ झ २८६६ नम्बरको गाडी पनि फिर्ता गर्न बाँकी रहेको संसद सचिवालयले जनाएको छ । पूर्वसभामुख घर्तीले पनि आफू पदमा रहँदा लिएको सबै सरकारी गाडी फिर्ता गरिसको दावी गरिन् ।
यसैगरी संसद सचिवालयाबट प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा हालका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले लिएको गाडी पनि फिर्ता गरिएको छैन । देउवाले प्रमुख प्रतिपक्षी दलको नेता हुँदा सचिवालयबाट लिएको बा१झ ८५०४ नम्बरको ल्यान्डक्रुजर गाडी फिर्ता नगरेका हुन् । उनले लिएको यो गाडी अहिले पनि प्रधानमन्त्री कार्यालयका सचिवलायमा प्रयोग भइरहेका छ ।