नर्सहरुको आन्दोलन स्थगित, सरकारले गर्यो सवै माग पुरा

28

काठमाडौं, ३ माघ ।
आन्दोलनमा उत्रेका नर्स र सरकारबीच सहमति भएको छ ।
स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि करिब आठ घन्टा चलेको वार्तामा नर्सका सबै ११ वटै मागमा सहमति भएको हो ।
सहमतिसँगै नर्सहरुले आन्दोलनका सबै कार्यक्रम   तत्कालका लागि  स्थगित गरेका छन् ।
११ बुँदे मागमा सबैभन्दा पहिलो माग मानव अंग प्रत्यारोपण केन्द्रबाट अन्यायपूर्वक निकालिएका नर्सलाई पुनर्वहाली गर्ने विषय थियो ।
सो मागमा सरकारले निष्कासित दुई जना नर्सलाई ३ महिनासम्मका लागि पुर्नवहाली गर्ने र उनीहरुलाई साउनयता तलबको ७५ प्रतिशत रकम दिने र अर्की एक नर्सलाई करारमा नियुक्ति गर्ने सहमति भएको छ ।