तारेख बुझेर छुटे डा केसी

काठमाडौं, २६ पुस
अदालतको अवहेलना मुद्दामा  पक्राउ परेका डा गोविन्द केसीलाई सर्वाेच्च अदालतले तारेखमा छाड्ने आदेश दिएपछि छुटेका छन् । उनको मुद्दाको पेशी फागुन ८ गतेका लागि तोकिएको छ ।
वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीको जिम्मेवारीमा डा.केसी छुटेका छन् । वरिष्ठ अधिवक्ता भण्डारीले डा.केसीको पक्षमा बहस गरेका थिए ।
थुनछेक बहस सकिएपछि न्यायधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले तारेखमा छाड्ने आदेश दिएको हो ।
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिन नियुक्ति सम्बन्धी अदालतको फैसला विरुद्ध अभिव्यक्ति दिएको भन्दै डा केसीलाई अदालतको आदेशमा सोमबार प्रहरीले शिक्षण अस्पतालबाट पक्राउ गरेको थि यो । मंगलबार उनको अदालतमा बयान भएकोमा बुधबार दुवै पक्षका अधिवक्ताहरुले बहस गरेका थिए ।
बहसपछि प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्र र नागरिकता झिकाउने आदेश समेत भएको छ ।