
काठमाडौं, २१ पौष ।
सरकारले राष्ट्रियसभाको निर्वाचनको मिति माघ २४ गते तोकेको छ ।
निर्वाचन आयोगले प्रस्ताव गरेको मितिकै सेरोफेरोमा रहेर शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले माघ २४ मा राष्ट्रियसभा निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले सरकारलाई माघ अन्तिम साता राष्ट्रियसभा निर्वाचनको मिति राख्न सुझाव दिएको थियो ।
राष्ट्रियसभा निर्वाचन नभएकाले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको सिट संख्या बाँडफाँट रोकिएको छ । परिणाम रोकिँदा नयाँ सरकार गठनमा समेत अवरोध हुँदै आएको छ ।









