मतपेटिका बोकेको गाडीमा विस्फोट

मकवानपुर, २१ मंसिर
मकवानपुरको मनहरी गाउँपालिकाको ठाडोखोला नजिक मतपेटिका बोकेको गाडीलार्इ लक्षित गरी विस्फोट भएको छ ।
सशस्त्र प्रहरीको गाडीमा मतपेटिका सदरमुकामतर्फ लैजाने क्रममा बम विस्फोट गराइएको प्रशासनले जनाएको छ ।
गाडीमा सामान्य क्षति पुगेपनि मतपेटिका भने सुरक्षित रहेको बताइएको छ। बम विस्फोटनमा संलग्न मकवानपुर हर्नामाडीका २० वर्षीय सुनिल लामालार्इ पक्राउ गरिएको छ ।