युवा पुस्तालाई श्रम र उत्पादनसँग जोड्नुपर्छः खेलकुद मन्त्री केसी

बागलुङ, २३ साउन ।
युवा तथा खेलकदु मन्त्री राजन केसीले युवा पुस्तालाई श्रम र उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ ।
द्रेपिपल युवा क्लवद्वारा आयोजित छैंठौ साँस्कृतिक, खेलकुद एवम् तीज महोत्सवको उद्घाटन गर्दै मन्त्रि केसीले राजनीतिक परिवर्तनको लागि लडेको युवालाई अब समृद्धिमा लगाउनुपर्ने उल्लेख गर्नुभयो ।
बागलुङ जिल्ला कला संस्कृति, पर्यटन, कृषि र जलविद्युतमा पनि राम्रो सम्भावना भएको हुँदा यसको उचित प्रयोग गरि देशको युवा विदेश प्लायनलाई समेत रोक्न सकिने बताउनुभयो ।
स्थानीय तहमा सुविधायुक्त खेल मैदान निर्माणको तयारीमा गरि खेलाडीको उत्पादन मात्र नभएर संरक्षण गर्नु पनि उत्तिकै चुनौती रहेको भन्दै खेलाडीलाई मुलुकभित्रै टिकाउने वातावरण बनाइने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेशका नेता समेत रहनुभएको मन्त्रि केसिले अवको अभियान देशमा जसरी गणतन्त्र, लोकतन्त्र प्राप्त भएको छ त्यसलाई समृद्ध तर्फ लैजान चुनौती पुर्णभएकाले सम्पुर्ण देशबासी एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा सांसद प्रकाश शर्मा पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।