खेलकुदका उचित कार्यक्रम बनाएर मन्त्रालय ल्याउनुस्ः मन्त्री केसी

बागलुङ, २३ साउन
युवा तथा खेलकुद मन्त्री राजन कुमार केसीले जिल्लाका खेलकुदका उचित तथा सान्दर्भिक कार्यक्रम बनाएर छिनो मन्त्रालयमा ल्याउन अग्राह गर्नु भएको छ ।
जिल्ला खेलकुद विकास समिति बागलुङले सोमबार आयोजना गरेको स्वागत तथा पुस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री केसीले उक्त कुरा बताएका हुन ।


‘उचित कार्यक्रम भएमा मैले अर्थ मन्त्रालयमा बजेट माग गर्न सक्छु’ केसीले भन्नुभयो, ‘एकमुण्ट रकम आवस्यक छ भनेर माग्दा सरकारले पत्याउँदैन, कार्यक्रम बनाएर आउनुहोला ।’ अवको स्थानीय तह र केन्द्रीय सरकारले महिला, बालबालिका र खेलकुदमा अनिवार्य बजेट विनियोजन गर्नुपर्ने प्रावधान विकास भएकोले खेल क्षेत्रको विकास हुन सक्ने पनि धारणा राख्नुभयो ।
उक्त कार्यक्रममा छैठौ राष्ट्रपति कप प्रयोगितामा प्रथम भएको धौलागिरी बहिरा आवासिय माविलाई ५० हजार रुपैयाँ र दोस्रो हुने कालिका कन्य माविलाई २५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो ।


राष्ट्रिय खेलकुद परिषदले तोके अनुसार उक्त पुरस्कार दिनका लागि रकम आएपछि मन्त्रीकै हातबाट वितरण गरिएको समितिका अध्यक्ष धनबहादुर परियारले बताउनुभयो । उक्त अवसरमा मन्त्री केसीले युवाहरुको जोश र जाँगरबाटै राष्ट्र निर्माण गर्न सकिने धारणा राख्नुभएको थियो । युवालाई शिप सिकाएर दक्ष बनाउने योजना र कार्यक्रम बनाउन लागेको उहाँले बताउनुभएको थियो ।
समितिका अध्यक्ष धनबहादुर परियारको अध्यक्षता, उपाध्यक्ष शम्भु आचार्य र कार्यालय सचिव भिमसेन शाक्यको संचालनमा सम्पन्न भएको कार्यक्रममा सांसद प्रकाश शर्मा पौडेल र जिल्ला युवा सूचना केन्द्रका प्रमुख कुश्मराज उपाध्याय लगायतले बोल्नुभएको थियो ।