जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा ढुंगाना विजयी

बागलुङ, २० साउन ।
जिल्ला समन्वय समिति बागलुङको शुक्रवार भएको निर्वाचनमा बाम राप्रपा गठबन्धन बिजयी भएको छ ।
स्थानीय तह निर्वाचनको अन्तिम निर्वाचन अन्र्तगत शुक्रवार जिल्ला समन्य समिति गठन भएको हो । समितिको संयोजकमा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर ४ का ईन्चार्ज समेत रहेका राजेन्द्र ढुंगाना बिजयी भएका हुन् । जिल्लाका १० स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष गरी २० मतदाता रहने व्यवस्था अनुसार खसेको मतमा ढुंगानाले १२ मत पाएका थिए । बाम राप्रपा गठबन्धनको प्रतिद्वन्दी कांग्रेसका लक्ष्मण आचार्यले ८ मत पाएका थिए ।
ढुङ्गागाना राष्ट्रिय जनमोर्चाको केन्द्रीय सदस्य तथा प्रदेश नम्बर–४का इन्चार्ज समेत रहनु भएको छ ।
समितिको उपसभापतिमा यस अघिनै गठबन्धनबाट बडिगार्ड गाउँपालिका–२ का वडा अध्यक्ष विष्णुप्रसाद भुषालले निर्विरोध निर्वाचित हुनुभएको थियो । नेपाली काँग्रसको तर्फबाट उपसभापतिमा उमेदवारी दिनुभएका गल्कोट नगरपालिका–१० पाण्डवखानीका सदस्य रामप्रसाद बिकको उमेदवारी फिर्ता भएपछि भुषाल निर्वीरोध निर्वाचित हुनुभएको थियो ।
समितिको सदस्यमा गठबन्धको तर्फबाट ढोरपाटन नगरपालिका– ४ खुङ्गाका सदस्य ताराकुमारी पुन, गल्कोट नगरपालिका ११ रिघाका सदस्य रुपा बिक र ताराखोला गाँउपालिका २ का फुलमाया पुन, जैमिनी नगरपालिका ५ बिनामारेका राजेन्द्र केसी, बागलुङ नगरपालिका– ४ कुँडुलेका डिल्लीप्रसाद आचार्य, गल्कोट नगरपालिका– ७ का दलबहादुर थापा र दलित वा अल्पसंख्यक सदस्यमा झकप्रसाद विक विजयी हुनु भएको छ ।
बागलुङ जिल्लामा समन्वय समितिका लागि मताधिकार भएका १० स्थानीय तहका २० जना मतदाता मध्ये ८ जना काँग्रेस, ६ जना एमाले, ३ जना राष्ट्रिय जनमोर्चा, २ जना नेकपा माओवादी केन्द्र र १ जना राप्रपाका प्रतिनिधि रहेका थिए ।
यसैविच विजयी प्रमुख, उपप्रमुख तथा सदस्यहरुले शुक्रबार नै पदभार ग्रहण गरेका छन् । उनीहरु सवैलाई जिल्ला न्यायाधिस तथा मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले सपथ ग्रहण गराएका थिए ।
निर्वाचित संयोजक ढुंगानाले सबै दल, स्थानीय तह र कर्मचारीतन्त्र समेतको सहकार्यमा जिल्लाको विकास निर्माणको काममा लाग्ने प्रतिवद्धता जनाउनुभएको छ ।
संविधानले दिएको अधिकार र कर्तव्य पुरा गर्नका लागि लाग्ने भन्दै प्रदेश र स्थानीय सरकारको पुलको रुपमा काम गर्ने जिम्मेवारी पुरा गर्न प्रतिवद्ध भएको पनि धारणा राख्नुभएको थियो ।