देशकै नमुना नगर बनाउन कुनै कसर बाँकी राख्दीनः नेपाली

बागलुङ, १९ साउन
ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले ढोरपाटन नगरलाई देशकै नमुना नगर बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।
बागलुङ नगरपालिकामा आएको सन्दर्भमा परियार सेवा समाज र नेपाल कपडा तथा सिलाई व्यवसायी संघले आयोजना गरेको जनप्रतिनिधीको बद्याई तथा सम्मान कार्यक्रममा बोल्दै नेपालीले उक्त कुरा बताउनुभएको हो ।
ढोरपाटन यसैपनि पर्यटकिय दृष्ट्रिले महत्वपूर्ण क्षेत्र भएकाले देशकै नमुना बनाउनका लागि सवैसंघ सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले जनताको आशा र अपेक्षा अनुसारका काम गर्दै जनताको मन जित्ने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
उहाँ दलित समुदायलाई आफनो पहिचान, कला र संस्कृतिलाई नविर्सन आग्रह गर्दै दलित समुदायको चेतना अभिबृद्धिका लागि शैक्षिक क्षेत्रमा लगानी गर्ने बताउनुभयो । दलितका तर्फवाट दलितलाई नै गरिने बिभेद र खुट्टा तान्ने प्रबृद्धिको अन्त्य गर्न सकेमा दलित आन्दोलन सफल हुने उहाँको भनाई रहेको थियो ।
कार्यक्रममा अर्का सम्मानित व्यक्ति जैमुनि नगरपालिकाको नगरकार्यपालिकाका सदस्य लालबहादुर परियार, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धनबहादुर परियार र कलकार तथा समाजसेवी लक्ष्मण श्रीले मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम परियार सेवा समाज बागलुङका अध्यक्ष सुजन परियारको अध्यक्षता, मिनकुमार दर्नालको स्वागत र सचिव बिरबहादुर परियारको संचालनमा सम्पन्न भएको थियो ।