पहिरोबाट प्रभाबित थापाको परिवारलाई नगरपालिकाले त्रिपाल प्रदान

बागलुङ, १९ साउन
पहिरो प्रभाबित राज थापाको परिवारलाई गलकोट नगरपालिकाको कार्यालयले त्रिपाल र ग्वाबिन जालि प्रदान गरेको छ । बुधबार परेको अबिरल बर्षाका कारण गलकोट नगरपालिका वाड नम्बर ७ निवासी राज बहादुर थापाको घरमा पहिरोले क्षेति पु¥याएको छ ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष समेत रहनुभएका थापाको घरको आधा बराबर आगन सँगै पिडि समेत खसेको छ । स्थानिय ज्ञान बहादुुर थापाका अनुसार करिब २० मिटर क्षेत्रफल भएर घरको आगनबाट पहिरो झरेको छ । पहिरो प्रभाबित थापालाई गलकोट नगरपालिकाको कार्यालयले आज एक कार्यक्रमका बिच ७ थान ग्वाबिन जालि र २ थान त्रिपाल बितरण गरेको छ ।
कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बिपतको समयमा थोरै भए पनि नगरपालिकाको तर्फबाट सहयोग प्रदान गरेको बताउनुभयो । कार्यक्रममा गलकोट नगरपालिकाका कार्यकारि अधिकृत प्रदिपचन्द्र सुवेदी, गलकोट नगरपालिकाका सामाजिक बिकास समितिका संयोजक हेमन्त भण्डारी, बिपद ब्यवस्थापन समितिका संयोजक बिरजंङ भण्डारी, रेडक्रसका चन्द्रदत्त रेग्मी लगायतका सहभागीता रहेको थियो ।
सो अवसरमा राज थापाका दाजु ज्ञान बहादुर थापा र वाड नम्बर ७ का अध्यक्ष सुवेदार टिका बहादुर थापालाई त्रिपाल र ग्याबिन जाली प्रदान गरिएको थियो ।