हेप्पी मिडिया क्लब बागलुङद्धारा रक्तदान

उर्मिला सुनार
बागलुङ, १८ साउन ।
हेप्पी मिडिया क्लब बागलुङको स्थापनाको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान जिवन दान भन्ने नाराका साथ बागलुङमा भर्खर स्थापना भएको क्लवको क्लबको कार्य शुभारम्भका अवसरमा रक्तदान गरिएको हो ।
रक्तदान कार्यक्रमको उदघाटनपछि बोल्दै धौलागिरी अञ्चल अस्पताल विकास समितिका सदस्य अधिवत्ता भुमिश्वर गौतमले रक्तदान जस्तो मानवीय कार्य गरेर आफ्नो कामको शुरवात गर्नु सुखद बिषय भएको बताउनुभयो । साथै क्लवले आगामी दिनमा पनि यस्ता उदाहरणीय कार्यको निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा ६ जना व्यक्तिले रक्तदान गरेको रक्तसंचार केन्द्र बागलुङले जनाएको छ ।
सोही अवसरमा नेपाल पत्रकार महासघं बागलुङका अध्यक्ष दिल शिरीषले रक्तदानबाट मृत्यूको मुखमा पुग्न लागेका विरामीहरुको ज्यान बचाउन मद्दत पुग्ने भएकाले मानवीय सेवामा सवै जना लाग्नुपर्नेमा जोडदिनुभएको थियो ।
क्लबका सल्लाहकार गुमानसिहं कार्की, क्लबका सदस्यहरु सम्झना शर्मा, सिता सापकोटाले लगायतले बोल्नुभएको कार्यक्रमको संचालन क्लबका सचिव सुरक्षा खड्काले गर्नुभएको थियो ।