
बागलुङ, १५ साउन
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ शाखाको पहिलो अधिवेशनले राज थपालाई अध्यक्षमा निर्वाचित गरेको छ ।
‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र’, ‘राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि औद्योगिकरण र व्यापारिकरण’ भन्ने उद्घोष सहित केन्द्रमा २०६४ सालमा स्थापना भएको संगठनको बागलुङमा पनि त्यही बर्ष समिति गठन भएको थियो ।
दश बर्षपछि भएको पहिलो जिल्ला अधिवेशनले थापाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा मुकेशचन्द्र राजभण्डारी, ललित श्रीस, सकसबहादुर क्षेत्री र सुन्दरी श्रेष्ठ ‘तृष्णा’ उपाध्यक्ष छन् । बुर्तिबाङ क्षेत्रबाट १ जना उपाध्यक्ष पछि राखिने छ ।
सचिवमा बाबुडियर हमाल, सहसचिवमा छुमबहादुर थापा र कोषाध्यक्षमा मनोज थापा निर्वाचित हुनुभएको छ । सदस्यहरुमा गोकुल कँडेल, दुर्गा विक, नरबहादुर क्षेत्री, सुधिर श्रेष्ठ, गंगा रेग्मी, दिलमायाँ घर्ती, बलबहादुर थापा र नरबहादुर थापा रहनुभएको छ ।
बागलुङका चार नगरपालिका र ६ गाँपालिकाका अध्यक्ष जिल्ला कार्यसमितिमा पदेन सदस्य रहने छन् । पाँच जना सदस्य पछि कार्यसमितिले थप गर्ने नवनिर्वाचित अध्यक्ष राज थापाले जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन संगठनका केन्द्रिय उपाध्यक्ष श्याम श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा गृहमन्त्री जनार्दश शर्मा प्रभाकरलाई बोलाईएकोमा कार्यव्यस्तताले आउन नसकेपछि उहाँले काठमाडौबाटै टेलिफोन मार्फत उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । बन्दशत्रले संगठनको १ लाख २ सय ९३ रुपौयाँको आम्दानी खर्च पारित गरेको छ ।









