बागलुङ, १९ असार
अविरल वर्षासँगै आइतबार राती गएको पहिरोले घर भत्किदाँ काठेखोला गाउँपालिका–२ को एक परिवार विस्थापित भएको छ ।
काठेखोला गाउँपालिका–२ भीमापोखरा सिमा निवासी राजु चुनाराको घर भत्कीदा आठ जनाको परिवार विस्तापित भएका हुन । घरमाथि देखि आएको पहिरोले घर पूर्ण रुपमा क्षतिग्रस्त भएको स्थानीय चित्रबहादुर विकले जानकारी दिनुभयो ।
पहिरोले घर भत्कीए पछि चुनाराको परिवार विस्थापित भई छिमेकीको शरणमा पुगेका छन । वर्षाको समयमा ओत लाग्ने घर पहिरोले क्षति विक्षेत गरे पछि चुनारा परिवार समस्यामा परेका छन ।









