विजय राना
बागलुङ, १९ असार
बागलुङको जैमिनी नगर पालिका वडा न. ७ जैदि बोरका २ घर पहिरोको जोखिममा परेका छन् ।
बोरका बिक्रम राना र डिलबहादुर रानाको घर पहिरोको जोखिममा परेको हो । घर भन्दा तल देखि ५५ मिटर लामो पहिरो गएको छ भने घर भन्दा माथिको भागबाट पनि पहिरो गएकोले २ घर पहिरोको उच्च जाखिममा परेका हुन् ।
अव्यवस्थित तरिकाबाट मोटरबाटो खनेकाले बर्षा सँगै पहिरो जान थाले पछि घरहरु उच्च जोखिममा पर्दै गएका हुन् । इन्जिनियरले नापेर व्यवस्थित मोटरबाटो खन्ने भन्दा पनि निश्चित व्यक्तिहरुले आफुहरुलाई पायक पर्ने गरि मोटरबाटो खन्ने गर्दा देशका विभिन्न ठाऊँमा खनिएका मोटरबाटोमा मोटर गुड्न समेत गाह्रो हुने गरेको छ ।
बाटोको तह नमिलाई खन्दा मोटरबाटो ठाडो उकालो÷ओरालो हुने, ठाउँठाऊमा घुम्ति हानिएकाले गाडी चलाउन मुस्किल हुने गरेको छ । अव्यवस्थित तरिकाबाट मोटरबाटो खनिएकाले पर्यावरणमा नकरात्मक असर पर्ने गरेको वातावरण विद बताउँछन् ।









