कुश्मीसेरा बजारमा बाढि पसे पछि स्थानीय हैरानी

विजय राना
बागलुङ, १९ असार
बर्खा सुरु भए सँगै जैमिनी नगर पालिका वडा न. १ कुश्मिसेराको तल्लो बजारमा बाढि पसे पछि स्थानीय बासी हैरानी पारेका छन् ।
जैमिनी नगर पालिकाको मुख्य ब्यापारिक केन्द्र केुश्मी सेरामा व्यवस्थित ढल निकासीको अभावका कारण बर्खाको समयमा स्थानीयहरु हैरानी पर्ने गरेका हुन् ।
कुश्मिसेरामा रहेको खेतमा लैजाने पानीको कुलो समेत तल्लो बजारको बिचभागमा रहेकाले कुलोबाट तल्लो बजारमा बाढि पस्ने गरेको स्थानीय नारायण शर्माले जानकारी गराउनु भयो ।
जब रातमा वर्षा हुन्छ तब जागाराम बस्नु पर्छ स्थानीय नबिन प्रताप जिसिले भन्नु भयो–रातमा उठेर कुलो सफा नगरे बाढि घर भित्र जान्छ । समयमै कुलो÷नालि बनाएर सफा र व्यवस्थित बजार निर्माणको लागि कुलोको बैकल्पिक उपाय अपनाउनु पर्नेमा स्थानीयको जोड छ ।
व्यवस्थित कुलोको अभावमा पैदल यात्रीलाई समेत सास्ती हुने गरेको छ । जैमिनी नगर पालिकाका सर्कुवा, बिनामारे, अर्जेवा, जैदी, छिस्ती लगायतका ठाऊँबाट कामले कुश्मीसेरा आउने–जाने पैदल यात्रीहरु हिले/कुलोबाटोबाट हिड्नु पर्ने अवस्था रहेको छ ।
जैमिनी नगर पालिकाको कार्यालय अघिबाटै कुलो बगे पनि कुलो व्यवस्थित गराउन तर्फ जनप्रतिनिधिहरुले समेत चासो नदेखाएको स्थानीयको गुनासो छ । वर्षौँ देखि एउटै समयस्या भोग्दै आएका कुश्मीसेरा बासीले व्यवस्थित बजारको लागि कुलो÷नालिलाई व्यवस्थित गराउनु पर्ने, अव्यवस्थित तरिकाबाट निर्माण भइरहेका घरहरुलाई रोक्नु पर्ने, व्यवसायीक आचरण विकासको लागि नगर क्षेत्रमा तालिम सञ्चालन गर्नु पर्ने लगायतका कुराहरु उठाउँदै आएका छन् ।